नेपाली शिव आराती
ॐ जय शिव शङ्कर शम्भो जय गिरिजाधीश, शिव जय गिरिजाधीश |जयजय करुणासागर, जयजय करुणासागर पशुपति जगदीश ॥ ॐ हर हर हर महादेव ॥ श्री कैलाश निवास छ गण छन् सहचारी, शिव गण छन् सहचारी। मुण्डमाला छ गलामा, मुण्डमाला छ गलामा रूप छ भयहारी ॥ ॐ हर हर हर महादेव। डमरु त्रिशुल सुशोभित प्रभुका दुई करमा, शिव प्रभुका दुई करमा । भूषण नागविराजित, भूषण नागविराजित बघम्बर तनमा॥ ॐ हर हर हर महादेव ॥ तीन नयनमा थरिथरि ज्योति छ दिव्य सदा, शिव ज्योति छ दिव्य सदा। वाहन वृषभ मनोहर, वाहन वृषभ मनोहर सँगमा छन् गिरिजा ॥ ॐ हर हर हर महादेव ॥ भष्म विलेपन सुन्दर शिरमा चन्द्रकला, शिव शिरमा चन्द्रकला। कलकल बग्छिन् हरदम, कलकल बग्छिन् हरदम गङ्गा पुण्यजला ॥ ॐ हर हर हर महादेव ॥ ब्रह्मा विष्णु महेश्वर प्रभुका रूप सबै, शिव प्रभुका रूप सबै। सृष्टि स्थिति लय सब हुन्छ, सृष्टि स्थिति लय सब हुन्छ बमोजिम नाथ प्रभुकै ॥ ॐ हर हर हर महादेव ॥ वेद पुराण जति ती छन् प्रभुको वर्णनमा, शिव प्रभुको वर्णनमा । कणकण व्यापक प्रभुको, कणकण व्यापक प्रभुको महिमा त्रिभुवनमा ॥ ॐ हर हर हर महादेव ॥ सुर नर मुनि सब प्रभुकै निशिदिन ध्यान गरी, शिव निशिदिन ध्यान गरी। परमा